सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कार्यसम्पादन समिति बैठक

लोहनी समानुपातिक सांसद बन्न पाउने कि नपाउने भन्नेबारे राप्रपा बैठकमा भोटिङ

सोमबार, १४ पुस २०८२, १५ : ४५
सोमबार, १४ पुस २०८२

काठमाडौँ । निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्दसूची फाइनल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकबाट विभिन्न जिल्लाबाट सिफारिस भएर आएका नामावलीका आधारमा बन्दसूची तयार गर्ने कार्य भइरहेको राप्रपाका एक नेताले बताए । 

स्रोतका अनुसार समानुपातिक बन्दसूचीमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नाम राख्ने कि नराख्ने भन्नेबारे विवाद भएको छ । राप्रपाले यसअघि बनाएको मापदण्डमा २०६४ पछि समानुपातिकबाट अवसर पाएकालाई समानुपातिकमै नसमेट्ने भनिएको थियो । 

तर, लोहनी २०६४ पछि समानुपातिक सांसद भइसकेका व्यक्ति हुन् । तर, उनले त्यतिबेला राष्ट्रिय जनशक्तिबाट आफू समानुपातिक सांसद रहेकाले त्यो विषय अहिलेको हकमा सान्दर्भिक नरहेको जिकिर गरेपनि विवाद भएको हो । 

सोही विवाद टुङ्ग्याउन कार्यसम्पादन समिति बैठकमा भोटिङ भइरहेको ती नेताले बताए । अब   भोटिङबाट उनले बहुमत ल्याएमा मात्रै अब समानुपातिकको बन्दसूचीमा रहनेछन् ।

राप्रपाले मंसिर २८ गते सर्कुलर गरेको मापदण्डमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गरी सबैलाई अवसर पाउने विषयलाई मध्यनजर राखी समानुपातिक निर्वाचनमा उम्मेदवार सिफारिस हुँदा, यस भन्दा अघिको (२०६४ सालको संविधानसभाको निर्वाचन देखि), संविधानसभा, प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनमा सिफारिस भई निर्वाचन आयोगको बन्दसूचीमा नाम परी निर्वाचित भएकालाई सिफारिस नगरिने र नयाँलाई अवसर दिने भनिएको थियो । यही मापदण्ड लोहनीको हकमा लागू हुने बैठकमा एक पक्षले जिकिर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप