तमु ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का
सारांश
- कार्यवाहक सभापति खड्काले तमु ल्होसारको शुभकामना दिए, जसले समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउनेछ।
- उनले यो पर्वले नेपालीहरूबीच एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरे ।
- खड्काले स्वदेश र विदेशमा रहेका सबैलाई शुभकामना दिए।
काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
तमु ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ल्होसारलाई तमु जातिको नयाँ वर्षका रूपमा मनाइने महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा संवर्द्धनमा सबैलाई प्रेरित गर्दै आएको छ ।
‘तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उनले भने ।
कार्यवाहक सभापति खड्काले तमु ल्होसारले नेपाली समाजमा सहिष्णुता, बन्धुत्व र आपसी सद्भावको भावना मजबुत बनाउँदै आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माणमा सकारात्मक योगदान पुर्याएको उल्लेख गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण