कांग्रेसको समानुपातिक बन्दसूची : कर्णालीबाट ८ जना उम्मेदवार समेटिए
सुर्खेत । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गरी ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता गराएको छ । यस सूचीमा कर्णाली प्रदेशबाट ८ जना नेताले स्थान पाएका छन् ।
कर्णाली प्रदेशमा रहेका १० जिल्ला र १२ निर्वाचन क्षेत्रमध्ये ८ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि यी नेताहरू समानुपातिक बन्दसूचीमा समेटिएका हुन् ।
कांग्रेसले तयार पारेको समानुपातिक बन्दसूचीमा कर्णाली प्रदेशबाट विभिन्न जिल्लाका नेताहरूलाई समेटेको छ । यसअनुसार सल्यानबाट ध्रुवबहादुर मल्लले सूचीमा स्थान बनाएका छन् भने मुगुबाट रोम रोकायाको नाम सिफारिस भएको छ ।
त्यस्तै, कालीकोटबाट कालीबहादुर सहकारी, सुर्खेतबाट पार्वतीकुमारी गिरी, रुकुम पश्चिमबाट मानबहादुर नेपाली, जाजरकोटबाट हजारी नेपाली ९वादी०, हुम्लाबाट ताराबहादुर थापा र दैलेखबाट सरस्वती श्रेष्ठले समानुपातिकतर्फको बन्दसूचीमा प्रतिनिधित्व गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण