शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, १५ पुस २०८२, १९ : ५१
मङ्गलबार, १५ पुस २०८२

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा मंगलबार दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।

नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । स्कारपियोको खोजी जारी रहेको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप