खालिदा जियाको अन्त्येष्टिमा भारतीय विदेश मन्त्री जयशंकर सहभागी हुने
काठमाडाैँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुन भारतका विदेश मन्त्री एस जयशंकर ढाका जाने भएका छन्।
८० वर्षको उमेरमा मंगलबार निधन भएकी जियाप्रति श्रद्धाञ्जली अर्पण गर्न उनी भारत सरकारको प्रतिनिधित्व गर्दै बुधबार बंगलादेश पुग्ने कार्यक्रम छ। लामो समयदेखि बिरामी रहेकी जियाको उपचारका क्रममा निधन भएको हो।
बंगलादेशको राजनीतिमा प्रभावशाली व्यक्तित्व रहेकी जियाको निधनप्रति भारतका उच्च नेताहरूले गहिरो दुख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, नेता राहुल गान्धी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायतले शोक सन्देश जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। छिमेकी मुलुकको पूर्व सरकार प्रमुखको निधनमा भारतले उच्च प्राथमिकता दिँदै विदेश मन्त्रीलाई नै ढाका पठाउन लागेको हो।
दक्षिण एसियाली राजनीतिमा लामो समय सक्रिय रहेकी जियाको निधनले बंगलादेशमा ठूलो क्षति पुगेको उल्लेख गर्दै भारतीय नेताहरूले शोक सन्तप्त परिवार र बङ्गलादेशी जनताप्रति समवेदना प्रकट गरेका छन्।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण