१० बजे १० समाचार : चुनावी महासङ्ग्राममा देश, समानुपातिक सूचीमा विवाद
आज २०८२ पुस १५ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- समानुपातिक बन्दसूची
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । ती दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
- मादीका हाइड्रोको बदमासी
‘मान्छे मर्दा अन्त्येष्टि गर्न जाने घाट छैन । जहाँ घाट थियो, त्यहाँ अहिले हाइड्रोपावरका संरचना छन् । अब शव बोकेर कहाँ लैजाने ? हाम्रो संस्कार जेठो कि हाइड्रोपावर ?’
- चुनावी महासङ्ग्राममा देश
अनेकौँ आशङ्काबिच निर्वाचन आयोगको कार्यतालिका अनुसार नै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गरेका छन् । तोकिएको समयभित्र नयाँ तथा पुराना दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै निर्वाचनसम्बन्धी अन्योल हट्दै मुलुक चुनावी महासङ्ग्राममा होमिएको हो ।
- दलीय मन्त्री !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच सातबुँदे एकता सहमति भएपछि अन्तरिम सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सोमबार राति सरकारका ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङको रोहवरमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रास्वपासँग सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
- बालेनको साढे तीन वर्ष
२०७९ साल वैशाख २९ गते सम्पन्न स्थानीय तहको निर्वाचन नेपालको राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ सावित भयो । परम्परागत दलका दिग्गज उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै ३२ वर्षीय स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरको नेतृत्वमा उदाए ।
- हर्कको ध्यान प्रतिनिधि सभातिर
स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर धरानको नगर प्रमुखमा निर्वाचित भएका हर्कराज राई (साम्पाङ) ले चुनावका बेला विकास र सुशासनका २७ बुँदे आकर्षक प्रतिबद्धता सार्वजनिक गरेका थिए । ‘भ्रष्टाचार मुक्त धरान’ र ‘खानेपानीको स्थायी समाधान’लाई उनले मुख्य एजेन्डा बनाएका थिए ।
- तीन टिकट महाविकट
जेनजी आन्दोलन सफल तुल्याएका युवा पुस्ता साझा नेतृत्वको अभावमा खण्डित भए भनेर केही महिनादेखि प्रकट हुँदै आएको सार्वजनिक चिन्ता अन्ततः मेटिएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकीकृत भएसँगै वैकल्पिक राजनीतिक शक्तिको एउटा बलियो धार सतहमा आएको छ ।
- जसपा नेपाल र लोसपाको एकता
प्रतिनिधिसभा निर्वाचन नजिकिन थालेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकता गरेका छन् । तर पार्टीको नाम, झण्डा, चुनाव चिह्न, अध्यक्ष लगायत अन्य पदाधिकारीहरू टुंग्याउन बाँकी नै छ ।
- समानुपातिक उम्मेदवार
यसअघिका निर्वाचनमा कलाकारलाई राजनीतिक दलले मानिसहरू जम्मा गर्ने र भोट बटुल्ने माध्यमका रूपमा प्रयोग गर्थे । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै कलाकारलाई समानुपातिक सूचीमा समेटेर महत्त्वपूर्ण सन्देश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने उज्यालो नेपाल पार्टीको निर्णयप्रति पहिचानवादी अभियन्ताहरूले असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको नाम पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका पहिचानवादी आन्दोलनका अगुवा डकेन्द्रसिंह थेगिमले आफूहरूलाई नसोधी पहिचानको मुद्दालाई छोडेर गरिएको एकतामा आफूहरू समावेश नहुने बताए ।
- टोल ट्याक्स
सडक पूर्वधारको दिगो मर्मतसम्भारका लागि सरकारले सडक उपभोग दस्तुर (टोल ट्याक्स) संकलनलाई प्रभावकारी र वैज्ञानिक बनाउन प्रविधि प्रयोगमा जोड दिएको छ । सडक बोर्डले सडक उपभोग दस्तुर संकलनलाई डिजिटाइजेसनतर्फ लगेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण