यस्ता छन् समानुपातिकतर्फ बन्दसूची बुझाउने राजनीतिक दल र निर्वाचन चिह्न (सूचीसहित)
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ राजनीतिक दल ५८ वटा चुनाव चिह्नमा चुनाव लड्ने भएका छन्।
- निर्वाचन आयोगका अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकिएको थियो।
- समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित हुनेछन्।
काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् ।
ती दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकेको थियो ।
‘बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आआफ्नो निर्वाचन चिह्नमा र १० वटा दलले चार वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्’, प्रवक्ता भट्टराईले भने,‘समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन् ।’
नेपालको संविधानको धारा ८४ को १(क)मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् ।
सोही धाराको १(ख) मा समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण