सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

विजय देवरकोण्डा र रश्मिका मन्दानाको बिहे तय

बुधबार, १६ पुस २०८२, १४ : २१
बुधबार, १६ पुस २०८२

सारांश

  • अभिनेता विजय देवरकोण्डा र रश्मिका मन्दाना विवाहको तयारीमा छन्, र उनीहरू फेब्रुअरी २६ मा विवाह गर्ने तयारीमा छन्।
  • विवाह राजस्थानको उदयपुरमा हुनेछ, जसमा परिवार र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।
  • यसअघि, उनीहरूको इन्गेजमेन्ट अक्टोबर ३ मा हैदराबादमा भएको चर्चा चलेको थियो।

हैदराबाद । दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरू विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा बदल्ने तयारीमा लागेका छन् । पछिल्ला रिपोर्टहरूका अनुसार यो जोडीले आगामी फेब्रुअरी २६ का दिन राजस्थानको उदयपुरमा विवाह गर्दैछन्।

एक निजी समारोहका बिच हुने यस विवाहमा दुवैका परिवार र नजिकका साथीहरूको मात्र उपस्थिति रहनेछ। भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार उदयपुरको एक दरबारमा विवाह सम्पन्न भएपछि यो जोडीले हैदराबादमा चलचित्र उद्योगका सदस्यहरूका लागि भव्य रिसेप्सन भोज आयोजना गर्ने सम्भावना छ।

यसअघि गत अक्टोबर ३का दिन हैदराबादमा उनीहरूको इन्गेजमेन्ट भइसकेको चर्चा चलेको थियो, जसमा परिवारका सदस्यहरू मात्र सहभागी थिए। यद्यपि, विजय र रश्मिका दुवैले आधिकारिक रूपमा बिहेको मितिबारे मुख खोलेका छैनन्।

हालै एक अन्तर्वार्तामा आफ्नो निजी जीवनबारे सोधिएको प्रश्नमा रश्मिकाले विवाहको खबरलाई न त पुष्टि गरिन् न त अस्वीकार नै । उनले भनिन्, ‘म बिहेको कुरा पुष्टि वा खारेज गर्न चाहन्नँ, यसबारे कुरा गर्ने समय आएपछि हामी आफैँ भन्नेछौँ।’

विजय र रश्मिकाको जोडीलाई पर्दामा निकै रुचाइएको छ । उनीहरूले सँगै काम गरेका ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता चलचित्रहरू व्यावसायिक रूपमा सफल भएका थिए । विजय देवरकोण्डा पछिल्लो पटक चलचित्र ‘किङडम’ मा देखिएका थिए। रश्मिका भने अहिले सलमान खानसँग ‘सिकन्दर’, आयुष्मान खुरानासँग ‘थामा’ र तेलुगु चलचित्र ‘द गर्लफ्रेन्ड’ मा देखिएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप