समानुपातिक सूचीमा ‘अपरिचित’ व्यक्ति परेपछि सच्याउन सर्लाही कांग्रेसको माग
सारांश
- सर्लाही कांग्रेसले समानुपातिक बन्दसूचीमा 'अपरिचित' व्यक्तिलाई राखेको भन्दै आपत्ति जनाएको छ।
- जिल्ला कार्यसमितिले मो.अन्सार खाँको नाममा आपत्ति जनाउँदै उनलाई सिफारिस नगरेको जनाएको छ।
- पार्टीले पहुँच, पैसा र पावरका भरमा बाहिरिया व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाएको छ र नामावली सच्याउन माग गरेको छ।
सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिले समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा स्थानीय भावना विपरीत ‘अपरिचित’ व्यक्तिलाई राखिएको भन्दै आपत्ति जनाएको छ । जिल्लाका कार्यवाहक सभापति डा.सरोजकुमारले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिले सूचीमा राखेका मो.अन्सार खाँको नाममा आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा उनले खाँलाई जिल्लाका कुनै पनि समितिले सिफारिस नगरेको र पार्टी सङ्गठनमा कहिल्यै नदेखिएको व्यक्ति रहेको उल्लेख गरेका छन् । ‘विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेको व्यक्ति कसरी र कुन मापदण्ड अन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो ? यो आश्चर्य र शंकास्पद विषय हो,’ विज्ञप्तिमा कार्यवाहक सभापति कुमारले लेखेका छन् ।
जिल्लामा बसेर अहोरात्र पार्टी सङ्गठन विस्तारमा लागेका इमानदार कार्यकर्ताहरूलाई पाखा लगाएर, पहुँच, पैसा र पावरका भरमा बाहिरिया व्यक्तिलाई प्राथमिकता दिइएको आरोप विज्ञप्तिमा लगाइएको छ । यस्तो निर्णयले वर्षौंदेखि पार्टीमा लागेकाहरूको मनोबल गिरेको र सङ्गठनमा विद्रोहको भावना जागृत भएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीमा चौतर्फी आक्रमण भइरहेको बेलामा ‘अवसरवादी’ व्यक्तिहरूलाई प्रश्रय दिँदा सङ्गठन थप कमजोर हुने दाबी गर्दै सर्लाही काँग्रेसले नामावली सच्याउन केन्द्रीय समितिलाई माग गरेको छ ।
यस्तो छ विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण