'एक्लो'सँग भिड्दै 'द हाउसमेड' र '४५'
सारांश
- नयाँ वर्षको अवसरमा आजबाट नेपाली फिल्म 'एक्लो' सहित तीन फिल्म प्रदर्शनमा आएका छन्।
- 'एक्लो' मा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ, जसलाई नेपालको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको छ।
- हलिउड फिल्म 'द हाउसमेड' र साउथको फिल्म '४५' पनि प्रदर्शनमा आएका छन्, तर अघिल्ला फिल्महरूले अझै धेरै हल ओगटेका छन्।
काठमाडौँ । आजबाट फिल्म हलमा एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहेपनि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर तीनै फिल्म आज (बिहीबार)देखि प्रदर्शनमा आएका हुन् ।
प्रदर्शनमा आएका मध्य नेपाली ‘एक्लो’ रहेको छ भने हलिउड फिल्म ‘द हाउसमेड’ र साउथको फिल्म ‘४५’ रहेको छ । यद्यपि यी तीन फिल्मले मात्र देशभरको हलमा कब्जा जमाउन भने पाएको छैन । किनभने अघिल्ला साताहरूमा रिलिज भएका हिन्दी फिल्म ‘धुरन्धर’, अङ्ग्रेजी ‘अवतार ३’ र नेपाली फिल्महरू ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ले अझै धेरै स्टेशन ओगटेर रहेका छन् ।
‘एक्लो’ युवा सुपरस्टार प्रदीप खड्का अभिनति फिल्म हो । यसलाई नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलवा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ। बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मले १२४ बढी शो पाएको छ ।
हलिउड फिल्म ‘द हाउसमेड’ सिड्नी स्विनी अभिनीत हो । १२६ मिनेट रनटाइमको यो फिल्मले देशब्यापी ३६ शो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा बनेको यो थ्रीलर फिल्म हो ।
त्यस्तै दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ कन्नड भाषाको काल्पनिक एक्नि फिल्म हो । संगीतकारको रुपमा परिचित अजर्सन जान्याको निर्देशन डेब्यु फिल्म रोश रेड्डीले निर्माण गरेका हुन् । फिल्ममा शिव राजकुमार, उपेन्द्र, राज बी. शेट्टी, कौस्तुभ मणि र जिशु सेनगुप्ता लगायतका कलाकारको अभिनय छ । फिल्मले देशब्यापी ८७ शो पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण