ग्रामथान गाउँपालिकामा विवाद : उपाध्यक्षले लगाएको ताला स्थानीयले तोडिदिए
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिचको विवाद जनताको तहमा पुगेको छ ।
उपाध्यक्ष गुणवती थारुसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले अध्यक्ष नमोनारायण माझीले एकलौटी गरेको भन्दै लेखा शाखामा तालाबन्दी गरेका थिए । उनले लगाएको तालाबन्दी अध्यक्ष माझी पक्षधर स्थानीयले बिहीबार तोडिदिएका छन् ।
उपाध्यक्ष थारुले लेखा शाखामा ताला लगाएपछि गाउँपालिकाको विकास निर्माणको भुक्तानी र अन्य काम प्रभावित भएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीबिचमा पुगेका स्थानीयले ताला तोडेका हुन् ।
जनप्रतिनिधिले जनताको काम गर्नुपर्नेमा आपसी विवादमा समय खेर फालेको र आफैँ ताला लगाएको भन्दै स्थानीयले ताला फुटाइदिएका हुन् ।
स्थानीयको समूह पालिकामा पुग्दा लेखा शाखाको ढोका अगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका जनप्रतिनिधि बसेका थिए । लेखा शाखाको ताला खोल्न माग गर्दै प्ले कार्डसहित पालिकामा पुगेका स्थानीयले ताला फुटाएका हुन् ।
पालिकाको काम सुचारु गर्न माग गर्दै उनीहरुले ताला फोडेका हुन् । त्यस क्रममा आफूहरूमाथि एमालेका कार्यकर्ताले हातपातको प्रयास गरेको स्थानीयले बताएका छन् । झडप हुने अवस्था देखिएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिएको थियो ।
अध्यक्षले गाउँसभा एकलौटी रूपमा सम्पन्न गरेको र मनोमानी गरेको उपाध्यक्ष थारुको आरोप छ ।
अध्यक्ष माझीले भने सभामा अनुपस्थित भएकाहरूले प्रक्रियागत रूपमा सम्पन्न भएको गाउँसभाको विरोध गर्नु अर्थहीन भएको दाबी गर्दै आएका छन् ।
उपाध्यक्ष थारुसहित एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि अध्यक्ष माझीले कानुन अनुसार दोस्रो पटक सभा बोलाएर बजेट पारित गरेका थिए ।
गत वर्ष मंसिरमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माझीले अध्यक्ष जितेका थिए । उनी निर्वाचित भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग विवाद हुँदै आएको छ ।
ग्रामथानमा एमालेको बहुमत छ । पालिकामा काम गर्न खोज्दा उपाध्यक्षले बहुमत देखाउँदै आफूलाई काम गर्न नदिएको अध्यक्ष माझीले बताउँदै आएका छन् ।
काम गर्न नदिने नियतले उपाध्यक्ष र एमाले निकटका जनप्रतिनिधिले पटक–पटक अवरोध सिर्जना गरेको उनको गुनासो छ ।
जनप्रतिनिधिहरूको व्यक्तिगत र राजनीतिक टकराबले गर्दा ग्रामथानको प्रशासनिक र विकास निर्माणका काम भने प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण