अफगानिस्तानमा करिब २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति
अफगानिस्तान । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले करिव २८ करोड अमेरिकी डलर मूल्य बरावरका २९ वटा परियोजनाहरू स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
आर्थिक मामिला तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ४४ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी अन्ततः २९ वटा प्रमाणित गरेको जनाइएको छ ।
स्वीकृत गरिएका प्रमुख परियोजनाहरुमा पूर्वी परवान प्रान्तमा सिमेन्ट उत्पादन क्षमता विस्तार गर्ने, मध्य बाम्यान प्रान्तमा हाजीगक खानीका लागि फलाम प्रशोधन संयन्त्र निर्माण गर्ने, २२५ मेगावाटको थर्मल पावर प्लान्ट निर्माण गर्ने लगायतका परियोजना रहेका छन् ।
परियोजना अन्तरगत ११ वटा प्रान्तमा अस्पताल निर्माण गर्ने, पन्जसिर र दयाकुन्डी प्रान्तमा सय शय्याको अस्पतालमा बाँकी काम सम्पन्न गर्ने र धेरै प्रान्तहरूमा बिजुली प्रसारण र वितरण परियोजनाहरू कार्यान्वयन गर्ने योजना समावेश छ ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत वर्ष राष्ट्रव्यापी रुपमा करिब दुई अर्ब मूल्यका ५६२ वटा विकास र पूर्वाधार परियोजनाको अनुमोदन गरेको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण