समृद्धिको आकांक्षा पूरा गर्न लगानीको वातावरण बन्नुपर्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण नबनेसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनुपर्ने उनको भनाइ छ ।
बिहीबार बुटवलमा ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२’ को समापन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण बनाउन नसकिए मुलुकको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताए ।
उनले प्रदेश सरकारले उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको दाबी गर्दै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गरे । बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास उनले व्यक्त गरे ।
महोत्सव पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल राखिएका थिए । महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण