प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, १८ पुस २०८२, १२ : ५५
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
- शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा बोहोरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिन्ह दिइयो।
- एक महासेनानी र ५ जना प्रमुख सेनानीलाई सहायक रथी र महासेनानीको दर्ज्यानी चिन्ह दिइयो।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
त्यस्तै सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण