राजनीति
कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव
शुक्रबार, १८ पुस २०८२, १७ : ३१
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पेस भएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि निर्धारित महाधिवेशनको कार्यतालिका आगामी केन्द्रीय समितिबाट पारित गर्ने भन्दै बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर स्थगित गरेका थिए । संस्थापनले भने केन्द्रीय समितिको निर्णय महामन्त्रीले उल्टाउन नसक्ने भन्दै विरोध गरेको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण