विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ ।
तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीको सहभागिता थियो ।
विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन् । कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरीलगायतका परिकार तयार पारेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गरेका थिए । कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राइ मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिकेको बताए ।
त्यसैगरी, कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गर्नुभएको थियो । विद्यालयका सबै विद्यार्थीले फुडफेस्टिभलमा कुनै न कुनै परिकार बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए । विद्यार्थी बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्री बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे ।
कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
४४ वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रम विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यावहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिइन्। ‘फुड फेस्टिबल’ कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण