धनुषा–२ बाट एमालेका उमाशंकर अरगरियालाई एकल उम्मेदवार सिफारिस
शुक्रबार, १८ पुस २०८२, २३ : २२
सारांश
- नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट उमाशंकर अरगरियालाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ।
- शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले अरगरियाको नाम एकल रूपमा सिफारिस गरेको हो।
- अरगरिया यसअघि २०७४ सालको निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
जनकपुरधाम। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले क्षेत्रीय संयोजक जामुनरान यादवको अध्यक्षतामा अरगरियाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । क्षेत्रीय संयोजक यादवका अनुसार यसपटक पनि गृह जिल्ला धनुषाबाटै अरगरियाको एकल नाम सिफारिस गरिएको हो ।
अरगरिया यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण