मेक्सिकोमा भूकम्प : कम्तीमा दुई जनाको मृत्यु
शनिबार, १९ पुस २०८२, १० : ५४
सारांश
- मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भयो।
- भूकम्पको केन्द्रबिन्दु गुरेरोको सान मार्कोस नजिकै थियो, अकापुल्को नजिकै।
- भूकम्पमा परी १२ जना घाइते भएका छन् भने पराकम्पहरू अझै महसुस भइरहेका छन्।
मेक्सिको सिटी । शुक्रबार मेक्सिकोमा आएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ । देशको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
शुक्रबार साँझसम्म स्थानीय समय अनुसार दुई जनाको मृत्यु र धेरै घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु दक्षिण पश्चिमी राज्य गुरेरोको सान मार्कोस नजिकै थियो, जुन लोकप्रिय पर्यटकीय सहर अकापुल्कोको नजिकै थियो ।
गुरेरोका गभर्नर एभलिन साल्गाडोले राज्यमा एक ५० वर्षीया महिलाको मृत्यु भएको बताए । यसैबिच मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाले ६० वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।
भूकम्पमा परेर १२ जना घाइते भएको पनि बताइएको छ । ब्रुगाडाका अनुसार, शुक्रबारको भूकम्पपछि पनि पराकम्पहरू महसुस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण