शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

उद्यमी बन्न चाहने २५ जनालाई त्रिविले दियो 'प्रि–इन्क्युबेसन ट्रेनिङ'

शनिबार, १९ पुस २०८२, १६ : ५५
शनिबार, १९ पुस २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवसाय सम्वर्द्धन केन्द्र (टीयूबीआईसी) को आयोजनामा  प्रि–इन्क्युबेसन तालिम सम्पन्न भएको छ ।

उद्यमशीलतामा रुचि राख्ने र नयाँ स्टार्टअप सुरु गर्न चाहनेहरूका लागि आयोजना गरिएको दुईदिने  'प्रि–इन्क्युबेसन ट्रेनिङ फर स्टार्टअप फाउन्डर्स' शनिबार सम्पन्न भएको हो । उक्त कार्यशालामा २५ जना सहभागी थिए । 

यो कार्यशालाको मुख्य उद्देश्य नवीन सोचलाई सफल व्यवसायमा रूपान्तरण गर्न आवश्यक पर्ने आधारभूत सीप र ज्ञान प्रदान रहेको केन्द्रले जनाएको छ । तालिममा सहभागीहरूलाई स्टार्टअप स्थापना र त्यसलाई दिगो बनाउने विभिन्न पक्षबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमका केन्द्र निर्देशक प्राडा ताराप्रसाद भुसालले नेपालमा उद्यमशीलताको विकास र दिगो व्यावसायिक वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै केन्द्रका उप–निर्देशक डा. प्रमोद पौडेलले सहभागीहरूलाई आवश्यक अभिमुखीकरण प्रदान गरेका थिए ।

दुई दिनसम्म चलेको उक्त कार्यशालाको स्रोत व्यक्तिका रूपमा शशि भट्टराई, डा. तारा थापा, डा. अभिषेक नेपाल, सुष्मा शर्मा, निश्चल सिंह भण्डारी, सगुन ढुङ्गाना र स्नेह बज्राचार्यलगायत थिए ।

कार्यशालामा स्टार्टअपका लागि सिर्जनशीलता र जोखिम व्यवस्थापन, उद्यमशील सोचको विकास, डिजाइन थिङ्किङ, बिजनेस मोडेल क्यानभास (बीएमसी), स्टार्टअपका लागि वित्तीय साक्षरता, उत्पादन विकास र न्यूनतम व्यवहार्य उत्पादन रणनीति, प्रोटोटाइपिङ, ब्रान्डिङ र डिजिटल मार्केटिङजस्ता महत्त्वपूर्ण विषय समेटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप