कांग्रेसबाट मन्त्री बनेका खड्काले रास्वपा छिरेपछि भने– पुराना दलले देशलाई निकास दिन सक्दैनन्
पोखरा । नेपाली कांग्रेसबाट निष्कासित पूर्वमन्त्री कुमार खड्का औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेसहित नेताहरूले उनलाई पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्दै खड्काले आफू विगत लामो समयदेखि मानसिक रूपमा रास्वपासँग नजिक रहे पनि कांग्रेसको नैतिक बन्धनका कारण खुल्न नसकेको बताए ।
‘पछिल्लो निर्वाचनपश्चात् मेरो मन राष्ट्रिय स्वतन्त्र पार्टीतिर थियो, तर शरीर र वचन नेपाली कांग्रेसको बन्धनले बाँधिराखेको थियो,’ उनले भने, ‘तीन वर्षसम्म निष्क्रिय रहँदा पनि कांग्रेसले त्यो नैतिकताको बन्धन तोडिदिएर मलाई स्वतन्त्र (निष्कासन) बनायो । त्यसैले आज म यो अभियानमा जोडिन आइपुगेको छु ।’
खड्काले पुराना राजनीतिक दलहरूले देशलाई निकास दिन नसकेको आरोप लगाए । उनले २०७० मा 'अखण्ड नेपाल' पार्टी स्थापना गरेका थिए । ‘हामी सधैँ खाली संविधान बनाउने, दल खोल्ने र दलहरूबिच झगडा गर्ने काममा मात्र अल्झियौँ । हाम्रो बहसको केन्द्रमा शिक्षा, स्वास्थ्य र रोजगार कहिल्यै अटाएन,’ उनले अघि भने, ‘अब रास्वपाले राजनीतिक बेथिति र कुशासनविरुद्ध नेतृत्व लिनुपर्छ ।’
खड्काले आर्थिक अवस्थाका कारण नेपाल लेवनानको बाटोमा रहेको पनि त्यहाँ बताए ।
‘देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक तिहाइ हिस्सा रेमिट्यान्समा आधारित छ । लेबनान जस्तै नेपाल पनि रेमिट्यान्समा अत्यधिक निर्भर भई असफल राष्ट्र बन्ने बाटोमा दौडिरहेको छ,’ चेतावनी दिँदै उनी भन्छन्, ‘यदि विदेशबाट नेपालीहरू फर्कनुपर्ने अवस्था आयो भने यो देशको अर्थतन्त्र कसरी चल्छ ?’ खड्काले देश वृद्धाश्रम बन्न लागेको भन्दै युवा पलायन प्रति चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण