धनुषा–४ बाट एमालेको एकल सिफारिसमा रघुवीर महासेठ
आइतबार, २० पुस २०८२, ०० : ५७
सारांश
- नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठको नाम सिफारिस गरेको छ।
- जिल्ला अध्यक्षका अनुसार क्षेत्रीय कमिटीको बैठकले महासेठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
- महासेठ यसअघि २०६४, २०७४ र २०७९ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।
जनकपुरधाम । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको नाम एकल रूपमा सिफारिस गरेको छ ।
धनुषा जिल्ला अध्यक्ष भोला यादवका अनुसार शनिबार क्षेत्रीय कमिटीको बैठकले महासेठको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
महासेठ यसअघि २०६४, २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन् ।
यता, महासेठकी पत्नी जुलीकुमारी महतो भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेको एकल सिफारिसमा परेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण