मादुरोलाई न्युयोर्क लगिँदै, के भने मेयर ममदानीले ?
आइतबार, २० पुस २०८२, ०२ : ३९
सारांश
- न्युयोर्कका मेयर ममदानीले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई पक्राउ गर्ने योजनाको आलोचना गरे।
- उनले यसलाई स्वायत्त राष्ट्रमाथिको हमला र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा व्याख्या गरे।
- मेयरले यस कदमले न्युयोर्कमा बसोबास गर्ने हजारौं भेनेजुएलाका नागरिकहरूलाई असर गर्ने बताए।
काठमाडौँ । न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्कस्थित संघीय कारागारमा राख्ने योजना बारे जानकारी पाएको बताएका छन् ।
मेयर ममदानीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिँदै यस अमेरिकी कदमको कडा आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘स्वायत्त राष्ट्रमाथि एकपक्षीय हमला युद्धको कार्य हो र संघीय तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।’
उनले थपे, ‘यो स्पष्ट रूपले शासन परिवर्तनको प्रयास हो, जसले विदेशमा मात्र नभई न्युयोर्कवासीहरूमा पनि असर पार्छ। यहाँ बसोबास गर्ने दश हजारौँ भेनेजुएला नागरिकहरू यसबाट प्रभावित हुनेछन् ।’
मादुरो र उनकी पत्नीलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण