पेनाल्टी सुटआउटमा ट्युनिसियालाई हराउँदै माली क्वार्टरफाइनलमा
सारांश
- मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गर्यो।
- खेलमा मालीका खेलाडी वोयो कुलिबालीले रातो कार्ड पाए र माली १० खेलाडीमा सीमित भयो।
- पेनाल्टी सुटआउटमा मालीका गोलकिपर जिगुइ डियाराले उत्कृष्ट प्रदर्शन गरे भने एल विलाल टौरेले निर्णायक गोल गरे।
कासाब्ल्याङ्का । अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ अन्तर्गत भएको रोमाञ्चक भिडन्तमा १० खेलाडीमा खुम्चिएको मालीले ट्युनिसियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ। खेलको सुरुवाती समयमै वोयो कुलिबालीले रातो कार्ड पाएर मैदान छाडेपछि माली ९० मिनेटभन्दा बढी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो।
पेनाल्टी सुटआउटमा मालीका गोलकिपर जिगुइ डियाराले ट्युनिसियाका दुई प्रहार बचाएपछि एल विलाल टौरेले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। सुटआउटमा मालीका कप्तान येभ्स बिसौमा र नेने डोर्गेलेसले गोल गर्न चुके पनि ट्युनिसियाका खेलाडीहरूले लगातार गल्ती गर्दा मालीलाई भाग्यले साथ दियो।
निर्धारित समयको अन्त्यतिर खेल निकै नाटकीय बनेको थियो। ८८औँ मिनेटमा फिरास चाउतले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाए पनि इन्जुरी समयमा यासिन मेरियाले ह्यान्डबल गरेपछि मालीले पेनाल्टीको अवसर पायो। लासिन सिनायोकोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल अतिरिक्त समयमा पुर्याएका थिए।
अतिरिक्त समयमा चाउतले पुनः गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता नपाएपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको हो।
अब मालीले सेमिफाइनल प्रवेशका लागि शुक्रबार पूर्व विजेता सेनेगलको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण