बैतडीमा थपिए मतदाता, बढाइयो पाँच मतदान केन्द्र
बैतडी । बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् ।
यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।
त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गत निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेकामा अब भने दुई सय १४ मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उनले बताए ।
गएको निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि दुई सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उनले बताए ।
जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलनको काम गरिहेको छ । स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए ।
जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण