रास्वपा छिरेपछि मिलन थापा भन्छिन्, ‘कांग्रेससँग कुनै गुनासो छैन, स्वेच्छाले आएकी हुँ’
आइतबार, २० पुस २०८२, १२ : ५४
सारांश
- लायन्स नेतृ मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन्।
- उनी विगत एक दशकदेखि कांग्रेसमा थिइन् र स्वेच्छाले रास्वपामा प्रवेश गरिन्।
- रास्वपा प्रवेश गरेसँगै थापालाई पोखरा महानगरपालिकाको उपमेयरको उम्मेदवारको रूपमा चर्चा गरिएको छ।
पोखरा । विगत डेढ दशकदेखि समाजसेवामा सक्रिय लायन्स नेतृ मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । शनिबार पोखरामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा उनी पनि रास्वपा छिरिन् ।
करिब १ दशक कांग्रेसको राजनीतिमा सक्रिय उनी स्वेच्छाले नै रास्वपा प्रवेश गरेको बताउँछिन् । आइतबार एक वक्तव्य लेख्दै थापाले भनिन्, ‘कांग्रेसले मलाई जुन स्थान र भूमिका दियो, त्यसप्रति सदैव आभारी छु । मेरो कुनै गुनासो भएर पार्टी परिवर्तन गरेको नबुझिदिनुहोला ।’
उनले स्वतन्त्र निर्णयकै आधारमा पार्टी प्रवेश गरेको बताएकी छन् । राजनीतिलाई पेसा नभई राष्ट्र सेवाको माध्यम बनाउने उद्देश्यले आफू अघि बढेको उनको दाबी छ । रास्वपा प्रवेशसँगै थापालाई पोखरा महानगरपालिकाको उपमेयरको उम्मेदवारका रूपमा समेत चर्चा गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण