‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्नेलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ’
सारांश
- एमाले उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार चुनाव गराउन नचाहेको आरोप लगाए।
- उनले सरकारले गठबन्धन र सिट बाँडफाँटमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने बताए।
- महासेठले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै एमाले र कांग्रेसका घरमा आगजनी भएको र जेल ब्रेकमा पनि संलग्नता रहेको आरोप लगाए।
जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको दाबी गरेका छन् । आइतबार जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासेठले सरकारले नैतिकताविपरीत सत्ता सञ्चालन गरिरहेको आरोप लगाउँदै यस्तो अवस्थामा निष्पक्ष चुनाव हुनेमा गम्भीर शङ्का व्यक्त गरेका हुन् ।
उनले भने, ‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्ने, सिट बाँडफाँट गर्ने र को प्रधानमन्त्री बन्ने भन्ने जस्ता अराजनीतिक गतिविधि भइरहेका छन् । राजनीति नै गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले त्यस्ता व्यक्तिहरूलाई बर्खास्त गर्नुपर्छ । त्यसो भए मात्र अन्य राजनीतिक दल र नेपाली जनताले चुनाव हुनेमा विश्वास गर्छन् ।’
महासेठले पार्टीका शीर्ष नेताहरूलाई काठमाडौँमै थन्क्याएर चुनाव गराउन नसकिने टिप्पणी गर्दै, यदि साँच्चिकै चुनाव गराउन चाहिएको हो भने पार्टीका नेताहरूले पाएका जिम्मेवारी हटाउनुपर्ने बताए ।
जेनजी आन्दोलनको सन्दर्भमा उनले नेकपा एमालेका १५८ वटा घरमा आगजनी गरिएको र नेपाली कांग्रेसका घरहरूमा पनि आगजनी भएको दाबी गरे । उनले ती घटनामा एमालेका प्रतिस्पर्धी दलका कार्यकर्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाए । नख्खुस्थित जेल ब्रेकको घटनामा समेत तिनै दलका कार्यकर्ताको संलग्नता रहेको उनको भनाइ थियो ।
नेता महासेठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार क्रियाकलापको संज्ञा दिए । आफ्नो घर आगजनीको विषयमा बोल्दै उनले ‘मेरो घर जानीजानी जलाइएको हो’ भन्दै आफूले भ्रष्टाचार गरेर घर नबनाएको स्पष्ट पारे ।
‘के एमालेका नेता धनी हुनु गलत हो ?’ भन्दै उनले प्रश्नसमेत उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण