भेनेजुएला संकटबारे के भन्छ भारत ?
नयाँ दिल्ली । भेनेजुएलामाथि आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरो अनि प्रथम महिलालाई अपहरण गर्ने अमेरिकी कदममा भारतले आफ्नो प्रतिक्रिया दिएको छ । आइतबार भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको हो ।
‘भेनेजुएलामा भएका हालैका घटनाक्रमहरू गहिरो चिन्ताको विषय हुन् । त्यहाँ विकसित भइरहेको अवस्थालाई हामीले नजिकबाट नियालिरहेका छौँ’ भारतीय विदेश मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ ।
‘भेनेजुएलाका जनताको सुरक्षा र कल्याणको लागि भारत आफ्नो समर्थन दोहोर्याउँछ । सबै सम्बन्धित पक्षहरूलाई हामी वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याहरू समाधान गर्न अपिल गर्दछौँ, ताकि यस क्षेत्रमा शान्ति र स्थिरता कायम रहोस्’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काराकासस्थित भारतीय दूतावास भारतीय समुदायका सदस्यहरूसँग सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गर्न जारी राख्ने पनि बताइएको छ । यसअघि भारतले शनिबार राति भेनेजुएलाको यात्राको सम्बन्धमा आफ्ना नागरिकहरूका नाममा एड्भाइजरी जारी गरेको थियो । जसमा भारतीय नागरिकहरूलाई भेनेजुएलातर्फ सबै गैर–आवश्यक यात्राबाट बच्न आग्रह गरिएको थियो ।
भेनेजुएलाको राजधानी काराकसमा शनिबार बिहान अमेरिकाले बम विस्फोट गरेको थियो । त्यसको केही बेरपछि अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई समातेर अमेरिका लगेका थिए । यतिबेला मदुरो दम्पती अमेरिकामा हिरासतमा छन् । मदुरोमाथि आतंकवाद र लागूऔषध ओसारपसारको मुद्दा लगाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण