अशोक सिलवालको ‘एभरेस्ट’को काठमाडौँ डिस्कोर्स
काठमाडौँ । अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स सम्पन्न भएको छ । शब्द, हिमाल र जीवनलाई जोडेर आयोजित डिस्कोर्स नयाँ स्वाद र शैलीको भएको सहभागीहरूले बताए ।
थापागाउँस्थित कुन्जथिएटरमा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्स ओपनिङ गरेका थिए । लेखकको राइटिङ जर्नी उधिन्दै विश्लेषक खतिवडाले अशोक सिलवाललाई ‘एभरेस्ट’का लेखकको रूपमा उभ्याएलगत्तै डिस्कोर्स ‘एभरेस्ट’माथि केन्द्रित भएको थियो । लगत्तै लेखक सिलवालका ७ वर्षीय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गाएका थिए ।
डिस्कोर्समा लेखक सिलवालकी टिनएजर्स् छोरी अदितिले राइटिङ अब्जर्भरको रूपमा आफ्ना अनुभूति सुनाउँदा थिएटर भावुक भएको थियो । मालिशा शर्मालगायतले किताबमाथि विदेशी पाठकका रिभ्यु रिसाइट गरेका थिए । जेनजी सभ्यता नेपालले पाठक प्रतिक्रिया पस्केकी थिइन् । संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले किताबका अनेक आयाममाथि रोचक विमर्श गरेका थिए ।
यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला ३ हिमशिखर धौलागिरी, अन्नपूर्ण र मनास्लुलाई पृष्ठभूमि पारेर माछापुच्छ्रे काखस्थित इन्टरनेसनल माउन्टेन म्युजियममा विमोचन भएको थियो । ‘एभरेस्ट’ त्यसअघि लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक भएको थियो । ‘किताब संसारशीर सगरमाथाआधारित भए पनि यो भुईंतिरको यात्रा हो,’ लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालले भने ।
‘एभरेस्ट’ सिलवालको यो पाँचौं किताब हो । डुकमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।
डिस्कोर्स कार्यक्रममा लेखक सिलवालले महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बराल, सचिव सुष्मा तामाङ, सदस्यहरू लक्ष्मी कार्की, गीता शर्मालगायत नवनिर्वाचित कार्यसमितिलाई सम्मान पनि गरेका थिए । साथै कार्यक्रममा ‘एभरेस्ट’का बुक डिजानर नगेन्द्र लामा पनि सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण