विदेशमा १७ वर्ष पसिना बगाएर फर्किएका अर्जुनको लोभलाग्दो कमाइ
सारांश
- अर्जुनबहादुर बस्नेतले वैदेशिक रोजगारीबाट फर्केर कुखुरापालन सुरु गरी मासिक १ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
- उनको फार्ममा २ हजार लेयर्स कुखुरा छन् र दैनिक १८०० अण्डा उत्पादन हुन्छ, जसबाट मासिक ५ लाखको कारोबार हुन्छ।
- उनलाई श्रीमतीको साथ र सरकार तथा स्थानीय निकायको सहयोग रहेको छ, र उनले युवाहरूलाई प्रेरणा दिएका छन्।
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यावसायिक कुखुरापालनबाट सफलता हात पारेका छन्। दुबईमा १७ वर्षसम्म श्रम गरेर फर्केका उनले अहिले गाउँमै 'बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म' सञ्चालन गरी मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। विदेशमा मासिक ६० हजार रुपैयाँ कमाउने अर्जुनले आफ्नै घरआँगनमा परिवारको साथमा बसेर त्योभन्दा दोब्बर कमाइ गर्न सफल भएका हुन्।
पाँच वर्षअघि ३० लाख रुपैयाँको लगानीमा ६ रोपनी जग्गामा सुरु गरिएको उनको फार्ममा अहिले दुई हजार लेयर्स कुखुरा छन्। फार्मबाट दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ भने मासिक ५ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। दाना, औषधि र अन्य खर्च कटाएर उनले मासिक एक लाख रुपैयाँ खुद नाफा निकाल्ने गरेका छन्। कुखुराको मल प्रयोग गरेर उनले तरकारी र तोरी खेती समेत गरेका छन्, जसले गर्दा भान्साको खर्चमा समेत बचत भएको छ।
जोखिमयुक्त मानिने यो व्यवसायमा टिकिरहन उनलाई श्रीमती मधुमायाले निरन्तर साथ दिएकी छिन्। अर्जुनका अनुसार पूर्वाधारमा मात्र अनुदान दिनुभन्दा सरकारले दाना उत्पादनमा प्रत्यक्ष सहयोग गरे किसानहरू थप प्रोत्साहित हुने थिए। व्यास नगरपालिकाले पनि उनको व्यवसायमा इनार निर्माण र कुखुरा खरिदका लागि ७५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ। चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँका अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण