प्रतिनिधिसभा निर्वाचन : मोरङबाट एमालेका ४३ जना सर्टलिष्टमा (नामावलीसहित)
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फ ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।
आइतबार बसेका क्षेत्रीय कमिटीहरूको बैठकले कुनै पनि निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्न नसकी ३ देखि १६ जनासम्मको नाम जिल्ला कमिटीमा पठाएको हो। यसक्रममा एमाले नेता विनोद ढकालको नाम मोरङ निर्वाचन क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिस भएको छ ।
गत २०७९ को निर्वाचनमा मोरङका छ क्षेत्रमध्ये एक क्षेत्रमा मात्रै एमाले विजयी भएको थियो। यसपटक मोरङ–२ मा समेत क्षेत्रीय कमिटीले एकल उम्मेदवार सिफारिस गर्न सकेन।
क्षेत्रीय कमिटीका अनुसार मोरङ–१ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। सो क्षेत्रमा १५ जनाले आकांक्षा व्यक्त गरे पनि ६ जनाको नाम मात्रै जिल्ला कमिटीमा पठाइने तयारी गरिएको स्रोतले जनाएको छ ।
मोरङ–२ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझा सिफारिस भएका छन् ।
मोरङ–३ बाट बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैंचा नगर प्रमुख केदारप्रसाद गुरागाईं, इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्व सांसद भानुभक्त ढकालको नाम सिफारिस गरिएको छ ।
मोरङ–४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरी सिफारिसमा परेका छन् ।
मोरङ–५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै मोरङ–६ बाट पूर्व सांसद लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपाने सिफारिस भएका छन् ।
क्षेत्रीय कमिटीहरूले सिफारिस गरेका नामहरू जिल्ला कमिटीमा पठाइसकेका छन्। जिल्ला कमिटीले ती नामहरू प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाउने प्रक्रिया अघि बढाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण