काठमाडौँसहित विभिन्न जिल्लामा चार जना मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, इलाम, धनकुटा र सोलुखुम्बुमा चार जना मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको होटलमा नुवाकोटका धन राज मगर मृत फेला परे, प्रहरीले अनुसन्धान थाल्यो।
- इलाम, धनकुटा र सोलुखुम्बुमा पनि अन्य व्यक्तिहरू मृत भेटिए, पोस्टमार्टमपछि कारण खुल्नेछ।
काठमाडौँ । काठमाडौँ, इलाम, धनकुटा र सोलुखुम्बुमा गरी चार जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलस्थित एयरपोर्ट होलिडे होटलमा नुवाकोट घर भएका ५९ वर्षीय धन राज मगर मृत फेला परेका हुन्। शनिबारदेखि होटलको कोठा नम्बर ५०७ मा बस्दै आएका मगर आइतबार सोही कोठामा मृत अवस्थामा भेटिएका हुन्।
त्यसैगरी इलामको माङसेबुङ गाउँपालिका-१ तोभाङका ४० वर्षीय डम्बर बहादुर कार्की सोही ठाउँको पाखा बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ मा पनि सोही ठाउँका ४० वर्षीय सूर्य विक स्थानीय खोल्सामा मृत भेटिएका छन्।
यता हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ रातेमाटेका ५६ वर्षीय फुनुरू शेर्पा सोही ठाउँस्थित शेर्पा सामुदायिक वनमा आइतबार मृत फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टपछि मात्र थप जानकारी खुल्ने प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण