स्की बार आगलागी : प्रहरीले गर्यो सबै मृतकको पहिचान
सारांश
- नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्टमा भएको आगलागीमा ४० जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेहरूमा विभिन्न देशका नागरिकहरू रहेका छन्, जसमा १४ देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरू छन्।
- आगलागीको कारण ले कन्स्टेलेसन बार व्यवस्थापन गर्ने फ्रान्सेली दम्पतीमाथि छानबिन सुरु गरिएको छ।
जेनेभा । नयाँ वर्षको पूर्व सन्ध्यामा स्विस स्की रिसोर्ट क्रान्स–मोन्टानाको बारमा भएको आगलागीमा परेर मृत्यु भएका ४० जनाको शव प्रहरीले पहिचान गरेको छ । पीडितहरू १४ देखि ३९ वर्ष उमेरका छन् ।
यीमध्ये १५ जना १८ वर्ष मुनिका छन् । सबैभन्दा कान्छा मृतक स्विस किशोरी र फ्रान्सेली किशोर थिए । दुवैजना १४ वर्षका थिए ।
मर्नेमा स्विस, इटालियन, रोमानियाली, टर्की, पोर्चुगिज, फ्रान्सेली र बेल्जियमका नागरिकहरू, साथै बेलायत, फ्रान्स र इजरायलका नागरिकहरू पनि छन् । मारिएका ४० जना बाहेक यस घटनामा अरू ११९ जना घाइते भएका छन् । धेरैजसो गम्भीर रूपमा जलेका छन् । तीमध्ये ६ जनाको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
यस मामिलामा ले कन्स्टेलेसन बार व्यवस्थापन गर्ने फ्रान्सेली दम्पतीमाथि फौजदारी मुद्दा चलाएर छानबिन सुरु गरिएको छ । श्याप्पेन स्र्पाकलरका कारण बारको छतलाई आगोले भेटेको अनि आगो फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतकका आफन्तहरूको सम्मानमा पहिचान गरिएका पीडितहरूबारे थप विवरणहरू जारी नगर्ने प्रहरीले बताएको छ । आर्थर ब्रोडार्डकी आमाले शनिबार राति फेसबुकमा आफ्नो १६ वर्षीय छोरा आर्थरको मृत्यु भएको बताएकी थिइन् ।
आर्थर अझै पनि हराएको अनुमान गरिएको थियो । उनको अत्तोपत्तो थिएन । उनका केही साथीहरूको शरीरको लगभग आधा भाग जलेको अवस्थामा फेला परेको आर्थरकी आमाले स्थानीय पत्रिकालाई भनेकी छिन् ।
१६ वर्ष उमेर पुगेकाले रक्सी खान सक्ने भएकोले कन्स्टेलेसन खासगरी किशोर किशोरी माझ बढी लोकप्रिय रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण