कांग्रेसका ५ प्रदेश सभापतिले भने– विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो, निर्वाचनमा लागौँ
सारांश
- नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका छन्।
- उनीहरूले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न र पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।
- २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता नरहेको उनीहरूको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका ५ प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउँदै नेता कार्यकर्तालाई निर्वाचनमा लाग्न अपिल गरेका छन् । कांग्रेसका कोशी सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापछि इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ मङ्सिर १५ को बैठकबाट पार्टीको पन्ध्रौँ नियमित महाधिवेशन २०८२ पौष १६ गतेबाट वडादेखि सुरु गरी पौष २६, २७ र २८ मा सम्पन्न गर्ने तालिका पारित भएको तर महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न भई केन्द्रीय समिति मार्फत केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउने कार्य हुन नसकेको कारण निर्धारित कार्यतालिका अनुसार २०८२ पौष २६– २८ मा महाधिवेशन हुन नसक्ने अवस्थामा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ को निर्णय अनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यस अघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभरका सम्पूर्ण कांग्रेसजनहरुलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
उनीहरूले कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण