गुण्डु पुगे पूर्णबहादुर र रमेश लेखक
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति र नेता एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बालकोट पुगे।
- कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा ८ सिट दाबी गरेको छ, र अन्य दलहरूसँग तालमेलको प्रयास भइरहेको छ।
- उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा, कांग्रेस, एमाले, र नेकपाका नेताहरूबीच क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन् । उनीहरूले साेमबार बिहान पनि त्यही पुगेर ओलीसँग भेटेका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा लेखकले आज साँझ ओलीसँग पुनः भेटवार्ता हुने बताएका थिए।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले बैठकमा ब्रिफिङ गरेका थिए ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाका दोस्रो तहका नेताबिच छलफल भइरहेको छ।
कांग्रेसले आज राष्ट्रिय सभाको उम्मेदवार तय गर्न कार्य सम्पादन समिति बैठक बोलाएको थिए ।बैठकमा अन्य दलसँग तालमेल प्रयास भइरहेको भन्दै भोलि बिहान ११ बजेसम्म सारिएको थियो ।
तालमेलका लागि कांग्रेस एमाले नेकपा र मधेसवादी दलबिच प्रयास भइरहेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण