त्रिवेणी कपको उपाधि पुनः एपिएफकै पोल्टामा
लमजुङ । जिल्लाकै ठूलो धनराशि पुरस्कारको ३३ औँ त्रिवेणी कपको उपाधि पुनः साविक विजेता विभागीय सशस्त्र प्रहरी फुटबल क्लब एपिएफको पोल्टामा पुगेको छ ।
त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा साेमबार सम्पन्न फाइनल खेलमा ल्याङ्दी देवी फुटबल क्लब नाल्मा लमजुङलाई ०– २ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफले उपाधि जितेको हो ।
गतवर्ष पनि एपिएफले नै उपाधि जितेको थियो । उपाधिसँगै रु १२ लाख नगद पुरस्कार, मेडल, ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष टेकजङ्ग गुरुङले बताए । उपाधिबाट चुकेको नाल्माले रु छ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।
एपिएफका खेलाडी युवराज खड्काले म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक एपिएफकै एन्जल श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित हुँदै जनही रु २५/२५ हजार प्राप्त गर्न सफल भए ।
यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण