बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

मंगलबार बढ्याे अमेरिकी डलरकाे मूल्य

मङ्गलबार, २२ पुस २०८२, ०५ : ५४
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
  • मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा कायम भएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा रहेकोमा मंगलबार बढेर क्रमशः १४४ रुपैयाँ १५ पैसा र १४४ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.15 144.75
EUR  (European Euro) 1 168.40 169.10
GBP  (UK Pound Sterling) 1 194.07 194.88
CHF  (Swiss Franc) 1 181.30 182.05
AUD  (Australian Dollar) 1 96.36 96.77
CAD  (Canadian Dollar) 1 104.70 105.13
SGD  (Singapore Dollar) 1 111.99 112.46
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 20.64 20.73
SAR  (Saudi Arabian Riyal) 1 38.43 38.59
QAR  (Qatari Riyal) 1 39.55 39.71
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 39.25 39.41
MYR  (Malaysian Ringgit) 1 35.40 35.54
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 15.63 15.69
DKK  (Danish Kroner) 1 22.54 22.64
HKD  (Hong Kong Dollar) 1 18.51 18.59
KWD  (Kuwaity Dinar) 1 469.06 471.01
BHD  (Bahrain Dinar) 1 382.39 383.98
OMR  (Omani Rial) 1 374.43 375.98

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप