सानेपामा विमलेन्द्र निधिविरूद्ध मुर्दावादको नारा
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ । मंगलबार निधि पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा विशेष महाधिवेशन पक्षधरले अवरोध गरेका थिए ।
कार्यसम्पादन समिति बैठकमा सहभागी हुन जान लागेका निधिलाई महाधिवेशन पक्षधरले अवरोध गरेका हुन् ।
केन्द्रीय कार्यालयको मुख्य गेटमा भेला भएका उनीहरूले अवरोध गरेपछि प्रहरीले पञ्छाएर भित्र छिराएको थियो । प्रहरीको बलमा भित्र छिरेपछि निधिले आफूलाई पार्टी कार्यालय प्रवेश गर्न रोक्न खोज्ने कांग्रेसी नभएको बताएका थिए । ‘तपाईँहरू कांग्रेसी होइन,’ निधिले भनेका थिए । त्यसपछि महाधिवेशन पक्षधरले नाराबाजी गरेका थिए ।
विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न अवरोध गरिरहेका छन् ।
निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा क्रममा धकेलाधकेलको स्थिति समेत आएको छ । निधिले विशेष महाधिवेशन हुँदैन भनेपछि उनीविरुद्ध मुर्दावादको नारा समेत लागेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण