‘हामीले महाधिवेशनका सन्दर्भमा कुनै हठ राखेका छैनौँ’
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरूले महाधिवेशनका सन्दर्भमा कुनै हठ नराखेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो सञ्चारकर्मीहरूले विशेष महाधिवेशन गर्न हुँदैन भन्ने हट तपाईँहरूले राखेकाले पार्टीमा विवाद उत्कर्षमा आएको भन्ने कुरा आएको भन्दै गरेको प्रश्नमा निधिले भने, ‘हामीले कुनै हठ राखेका छैनौँ ।’
उनले विशेष महाधिवेशन अहिले जरुरी नभएको र केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार वैशाखमा महाधिवेशन गर्नुपर्ने बताए ।
‘विधिसम्मत निर्णय गर्ने काम केन्द्रीय कार्यसमिति हो । केन्द्रीय कार्यसमितिले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यो महाधिवेशन सम्पन्न सबै लाग्नुपर्छ । अहिले विशेष महाधिवेशनको जरुरी छैन,’ निधिले सञ्चारकर्मीहरूसँग भने ।
उनले आफूलाई पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न अवरोध गर्ने कांग्रेसका कार्यकर्ता नभएको बताए ।
‘विशेष महाधिवेशनको पक्षमा लाग्नुभएका केन्द्रीय सदस्य मधु आचार्य जीले विज्ञप्ति नै निकालेर केन्द्रीय कार्यालय घेर्ने आफूहरूको कार्यक्रम नरहेको बताउनुभएको छ,’ निधिले भने, ‘उहाँहरूको कार्यक्रम नभएपछि त कांग्रेसका कार्यकर्ता त्यहाँ आउने कुरा भएन । गुण्डागर्दी गर्नेहरूले अवरोध गरे । हेर्दा पनि कार्यकर्ताजस्ता थिएनन् । कार्यकर्ता भएको भए नेतालाई अपशब्द बोल्दैनन् ।’
आफूमाथि गरिएको हर्कत निन्दनीय भएको पनि निधिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण