‘निर्वाचनको घोषणापत्र र रणनीति बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गर्न सुझाव’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर पार्टीको चुनावी घोषणापत्र र रणनीति निर्माणमा सुझाव लिनुपर्ने बताएका छन् ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरेपछि कोइरालाले चुनावी घोषणापत्र र रणनीति निर्माणमा सुझाव लिनुपर्नेमा जोड दिएका हुन् ।
नेता डा. कोइरालाले रातोपाटीसँग कुरा गर्दै भने, ‘भोलि राष्ट्रियसभामा पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने उम्मेदवार छान्न हामी लागिरहेका छौँ । त्यसपछि प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची सच्याउन हामीले ध्यान दिनुपर्ने छ । त्यसलगत्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको माघ ६ गते मनोनयन दर्ता गर्ने पार्टीका उम्मेदवार छान्नुपर्ने छ । त्यसपछि हामीले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर चुनावी घोषणापत्र र रणनीति बनाउन सुझाव माग्नु उपयुक्त हुन्छ भन्ने मेरो भनाइ छ ।’
बिहान आफूलाई भेट्न आएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूसँगको भेटमा डा. कोइरालाले विशेष महाधिवेशन माघ ६ गते गर्दा ठिक हुन्छ भन्ने धारणा राखेको विषय बाहिर आएको थियो ।
त्यसपछि रातोपाटीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि विशेष महाधिवेशन गर्दा उपयुक्त हुने बताउनु भएको हो भनेर डा. कोइरालालाई सोधेको थियो । आफूले विशेष महाधिवेशनबारे कुरा नगरेको उनले बताए ।
‘मैले माघको १०/११ गतेतिर महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ बोलाएर चुनावी घोषणापत्र र केन्द्रीय तथा स्थानीय रणनीतिबारे दुई दिन छलफल गर्न उपयुक्त हुन्छ भनेको हो,’ डा. कोइरालाले भने ।
त्यो निर्णय पनि केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको कोइरालाले बताए । त्यो भेलामा निर्वाचनसँग सम्बन्धित विषयमा मात्रै कुराकानी र छलफल गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनी बताउँछन् ।
उनले निर्वाचनको माचामाच चलेको बेलामा विशेष महाधिवेशन स्थगित गर्नु उपयुक्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण