माछापोखरीमा मृत भेटिए ३७ वर्षीय पुरुष
मङ्गलबार, २२ पुस २०८२, १७ : २४
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृत फेला परेका छन्। स्थानीय ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार सार्की सोही वडामा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृत फेला परेका हुन्। श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी दाजुसँगै बस्दै आएको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। मृतकको शरीरमा कुनै पनि बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ र प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण