निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन् । निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उनले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताए ।
“भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,” उनले भने । उनले जेनजी आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोवल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।
मन्त्री सिन्हाले जेनजी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताए । उनले कठिन परिस्थितीमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण