स्वास्थ्य बीमा बोर्डको दाबी– १ करोड २ लाख नागरिक बीमामा जोडिए
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्मको प्रगति सार्वजनिक गर्दै कुल १ करोड २ लाख २० हजार ८ जना नागरिकलाई बीमाको दायरामा ल्याउन सफल भएको जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, सक्रिय बिमितको सङ्ख्या ६८ लाख ४५ हजारभन्दा बढी रहेको छ ।
हाल यो कार्यक्रम देशका ७५० स्थानीय तहमा विस्तार भई ५१० वटा स्वास्थ्य संस्थाहरूबाट सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी सबै स्थानीय तहमा प्रथम सेवा विन्दुका लागि कम्तीमा एक सेवा प्रदायक संस्था अनिवार्य गरिने नीतिगत सुधार गरिएको छ ।
बोर्डले ३१ लाख ५७ हजारभन्दा बढी परिवारलाई आबद्ध गराएको छ। करिब १२ लाख २२ हजार ज्येष्ठ नागरिक र ४ लाख ७७ हजार अतिगरिब नागरिक लगायत लक्षित वर्गलाई प्रिमियममा छुट र सहुलियतपूर्ण बीमाको व्यवस्था गरिएको मंगलबार बोर्डले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
औपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका परिवारलाई अनिवार्य आबद्ध गराउन कठिनाइ, दक्ष जनशक्तिको अभाव र संगठन संरचनाको कमीलाई बोर्डले प्रमुख चुनौतीको रूपमा लिएको छ । बोर्डका अनुसार दाबी भुक्तानी २०८१ चैतसम्मको सबै भइसकेको छ भने २०८२ असोजसम्मको भुक्तानी प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण