समानुपातिक विवादमा प्रकाश सपुतले भने– मेरो उम्मेदवारी जायज छ
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले समानुपातिक उम्मेदवारबाट आफूले नाम फिर्ता नलिने बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी जायज भएको समेत धारणा राखे ।
मंगलबार फिल्म ‘मिर्मिरे’को ट्रेलर सार्वजनिक कार्यक्रममा सपुतले मानसिक रूपमा राजनीतिका लागि पहिल्यैदेखि तयार रहेको बताएका छन् । ‘मेरो सिर्जना, मेरो सांगीतिक यात्रा हेर्नुभयो भने म जुन ठाउँबाट आएँ, भूगोल र समुदाय हेर्ने हो भने कहीँ न कहीँ राजनीतिक–सामाजिक विषयहरूसँग जोडिँदै आएको छु,’ उनले भने, ‘नीति निर्माणमा पुगेर ढिलो चाँडो केही गर्न सकिन्छ कि भन्ने रुचि पहिलेबाटै थियो ।’
जीवनमा मात्र नभएर नेपालमा राजनीतिक परिवर्तन भइरहेको र यो अवस्थामा पेसालाई कसरी अगाडि बढाउने भनेर आफूले मजाले सोच्न नसकिसकेको उनले सुनाए । ‘अब बिस्तारै चुनावको माहोल बन्ला, पार्टीहरू पनि अगाडि आउलान् । त्यो समय छलफल गरौँला,’ उनले थपे ।
समानुपातिकको मर्मअनुसार आफ्नो नाम मेल खाएको उनले दाबी गरे । रास्वपाबाटै उनीसँगै समानुपातिकमा सिफारिस परेका केही कलाकर्मीले भने सामाजिक सञ्जालमा चर्को आलोचना खेपेपछि नाम फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण