अत्यधिक चिसोले गरिब, मजदुर वर्ग बढी मारमा
कैलाली । केही दिनदेखि यहाँ अत्यधिक चिसो बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गरेर खाने गरिब तथा मजदुर वर्गहरूको जनजीवन प्रभावित भएको छ ।
चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिब वर्गहरूको जनजीवन प्रभावित भएको हो । बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरको कारण जाडो बढेपछि उनीहरूको जनजीवन कष्टकर भएको छ ।
अत्यधिक चिसोका कारण काम गर्न नै कठिन भएको धनगढीका स्थानीय मजदुर रामकिशन चौधरीले बताए । “वर्षौंदेखि मजदुरी गरेर नै जीवन गुजारा गरिरहको छु, एक दिन काम गर्न छोड्यो भने भान्साको चुलो बल्दैन”, उनले भने, “के गर्ने हिजोआज चिसो अत्यधिक छ, काम गर्न गाह्रो हुन्छ त्यही पनि बाध्यता छ काम गरेन भने छाक टार्नै मुस्किल पर्दछ ।”
मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सोही ठाउँका हरि रानाले पनि चिसो बढेपछि काम गर्न समस्या भएको गुनासो गरे । “हिजोआज कठ्याङ्ग्रिने चिसोले काम गर्नमा कठिनाइ भएको छ, “उनले भने, “दैनिक काम गर्न गएन भने पैसा आउँदैन, पैसा आएन भने छाक टार्न समस्या हुन्छ, त्यसैले जतिसुकै चिसो भए पनि हामीलाई काम गर्नुपर्ने बाध्यता हुन्छ ।”
त्यसैगरी चिसोको कारण बालबालिकाहरू, वृद्धवृद्धा र विद्यार्थी वर्ग पनि प्रभावित भएका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि केही दिन विद्यालय बिदा दिनुपर्ने कतिपय अभिावकहरूको भनाइ छ ।
चिसोले बजार क्षेत्रमा समेत चहलपहल घटेको छ । अत्यधिक चिसो बढेपछि केही दिन अघि मात्रै धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालयले धनगढी बजार आसपासका चोक क्षेत्रमा निःशुल्क दाउरा वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण