सुनकोशीमा बेलिब्रिज जडान गरिँदै
सारांश
- खोटाङमा सुनकोशी नदी र सावाखोलामा बेलिब्रिज जडान गर्न ठेक्का आह्वान गरिएको छ ।
- स्थानीयवासी खुसी भएका छन् किनभने बेलिब्रिजले आवतजावत र ढुवानीमा सहजता ल्याउनेछ ।
- मन्त्रीका सचिवका अनुसार तीन ठाउँमा बेलिब्रिज जडान हुनेछ, जसले पर्यटनमा सहयोग गर्नेछ ।
खोटाङ। खोटाङका दुई ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बतासेघाट र उदयपुरको लिम्चुबुङ गाउँपालिका–१ बाँस्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा जोड्ने सावाखोलामा पनि प्रदेश सरकारकै लगानीमा अस्थायी बेलिब्रिज जडान गरिने भएको हो ।
सवारीसाधन वारपारका लागि बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का आह्वान गरेको हो । खोटाङका दुई ठाउँ र इलामको फेवाखोलास्थित माङ्सेबुङ–१ र २ जोड्ने गरी तीन ठाउँमा बेलिब्रिज जडान गर्न मन्त्रालयबाट ठेक्का आह्वान भएको कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईका स्वकीय सचिव बाजिन्द्र विष्टले जानकारी दिए ।
दुर्छिमको बतासेघाट र बाँस्बोटेको सिमानामा रहेको सुनकोशीमा बेलिब्रिज जडान पश्चात धार्मिकस्थल हलेसीको पर्यटक प्रवद्र्धनमासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङतर्फ सुनकोशी किनारमा बसोबास गर्दै आएका नागरिकलाई तराई आवतजातमा सहजतासँगै सामान ढुवानी गर्न मद्दत पुग्ने दुर्छिमका वडाध्यक्ष रूपेन्द्रकुमार राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण