शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबैको मायाले व्यस्त कलाकार बन्न सफल भए : दयाहाङ राई

बुधबार, २३ पुस २०८२, ०९ : ३१
बुधबार, २३ पुस २०८२

सारांश

  • अभिनेता दयाहाङ राईले दर्शक र साथीभाइको मायाले व्यस्त कलाकार बनेको बताए।
  • उनले फिल्म 'मिर्मिरे' को सुटिङ रोकेर ट्रेलर सार्वजनिक कार्यक्रममा भाग लिएका थिए।
  • फिल्म 'मिर्मिरे' मा बालिका र बुबाको सम्बन्ध र प्रेम कथा प्रस्तुत गरिएको छ।

काठमाडौँ । अभिनेता दयाहाङ राईले साथीभाइ दर्शकदेखि सबैको मायाको कारण आफू व्यस्त कलाकार बन्न सफल भएको बताएका छन् । अभिनय व्यस्तताको कारण सबैलाई चाहेर पनि समय दिन नसकेको उनको भनाई थियो ।

मंगलबार फिल्म ‘मिर्मिरे’को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको एक सुटिङ रोकेर आएको बताएका उनले मिर्मिरे अभिनय अनुभव समेत बाँडेका थिए ।

‘निर्देशक यमले शेर्पाले फिल्मको कथा सुनाएका थिए । एकदमै इन्टेष्टिङ लागेको थियो । काम गरौँ भन्दा सारै व्यस्त भएको कारण अहिले नगरौँ भनेको थिए’, राईले भने ‘निर्देशकको एउटा सपना हुन्छ । फिल्म एउटा टिम लिएर अगाडि बढाउने । मैले होल्ड गरिरहेको थिए । छोटो समय निकालेर भएपनि गरौँ भनेको कारण मिलाए ।’ फिल्म प्रमोसनमा समय दिन नसक्ने भएको कारण दुःख लागेको उनले सुनाए ।

कार्यक्रममा दयाहाङले फिल्मको ट्रेलरको कथा लुकाएको बताए । फिल्मको कथा लुक्दा कलाकारलाई फिल्म प्रमोसन गर्न निकै कठिन हुने उनले धारणा राखे ।

कार्यक्रममा अभिनेत्री सिर्जना निङलेखुले फिल्मबाट आफूले धेरैकुरा सिक्न सफल भएको बताइन् । उनले मिर्मिरे राम्रो महोलमा निर्माण भएको फिल्म भएको बताउँदै फिल्म पनि राम्रो बनेको दाबी गरिन् ।

अभिनेता प्रकाश सपुतले अभिनेता दायाहाङसँग फिल्म खेल्ने चाहना मिर्मिरेले पुर्‍याएको बताए । दायाहाङसँग आफ्नो स्वभाबर बिचार समेत मिल्ने बताएका सपुतले अभिनय सिलसिलामा धेरै सिक्न र जान्न पाएको धारणा राखे ।

सोसल ड्रामाको रुपमा निर्माण भएको ‘मिरमिरे’को सार्वजनिक ३ मिनेटको ट्रेलरमा कथावस्तुको संक्षिप्त झलक छ । बालिका र उसका बुबाबिचको स्नेहपूर्ण सम्बन्ध र त्रिकोणात्मक प्रेम फिल्ममा रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

याम शेर्पाको निर्देशन रहेको फिल्म यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्म १ माघदेखि प्रदर्शनमा आउदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप