शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सामान किनबेच मात्रै होइन, मन भुलाउने र साथीभाइ भेट्ने थलो बन्दै बुधबारे हाट
फोटोफिचर

सामान किनबेच मात्रै होइन, मन भुलाउने र साथीभाइ भेट्ने थलो बन्दै बुधबारे हाट

बुधबार, २३ पुस २०८२

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकास्थित झ्याउँपोखरीमा लाग्ने बुधवारे हाट स्थानीयका लागि सामान किनबेच गर्ने माध्यम मात्र नभई सामाजिक भेटघाट र मनोरञ्जनको प्रमुख केन्द्र बनेको छ। 

haat bazaar (20)

यातायातको सुविधा गाउँगाउँमा पुगेपछि धेरैतिरका परम्परागत हाटबजारहरू हराउँदै गए पनि झ्याउँपोखरीको यो साप्ताहिक हाटमा भने मानिसहरूको चहलपहल र रौनक अहिले पनि उत्तिकै देखिन्छ। हरेक बुधबार लाग्ने यस हाटमा नुन-तेलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न वरपरका गाउँबाट ठुलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्छन्।

haat bazar (1)

धेरैका लागि यो हाट बजार घरायसी सामान जुटाउने ठाउँ मात्र होइन, बरु घरको पट्यारलाग्दो दैनिकीबाट मुक्त भएर साथीभाइसँग दुख-सुख साट्ने थलो समेत बनेको छ। स्थानीय पर्वत पोख्रेलका अनुसार घरमा बस्दा पट्यार लाग्ने हुनाले हाटमा आएर साथीभाइसँग चियाको चुस्कीमा गफिनुको आनन्द नै छुट्टै हुन्छ। यसले गर्दा हाटबजारले स्थानीय सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

haat bazar (2)

झ्याउँपोखरीको यो हाट विशेषगरी स्थानीय उत्पादनका लागि प्रख्यात छ। यहाँ खसी-बोका, स्थानीय कुखुरा, गहत, मस्याङ र राजमा जस्ता गेडागुडीका साथै ताजा फलफूल र तरकारीहरू प्रशस्त मात्रामा पाइन्छन्। यो क्षेत्र सुन्तला उत्पादनका लागि समेत प्रसिद्ध रहेकाले सुन्तलाको सिजनमा यहाँ टाढा-टाढाबाट मानिसहरू सुन्तला खरिद गर्न आइपुग्छन्।

haat bazar (3)

आधुनिक बजार र सपिङ सेन्टरहरूको बढ्दो प्रभावका बिच पनि भोजपुरको यो बुधवारे हाटले आफ्नो मौलिकता जोगाएर राखेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन र सामाजिक सद्भाव बढाउन यो हाट अहिले पनि अपरिहार्य देखिएको छ। मानिसहरूका लागि यो हाट सामान किनमेल गर्ने बजार मात्र नभई हप्ताभरिको थकान मेटाउने र मन भुलाउने सुन्दर सङ्गम स्थल बनेको छ।

haat bazar (4)haat bazar (5)haat bazar (6)haat bazar (7)haat bazar (8)haat bazar (9)haat bazar (10)haat bazar (11)haat bazar (12)haat bazar (13)haat bazar (14)haat bazar (16)haat bazar (17)haat bazar (18)haat bazar (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया