बङ्गलादेश निर्वाचन : बीएनपीले ल्याउला बहुमत ?
सारांश
- बंगलादेशमा फेब्रुअरी १२ मा आम निर्वाचन हुँदैछ, जसमा बीएनपी अगाडि देखिएको छ।
- जनमत सर्वेक्षण अनुसार, ७० प्रतिशतले बीएनपीलाई र १९ प्रतिशतले जमात-ए-इस्लामीलाई मतदान गर्ने बताएका छन्।
- खालिदा जियाको निधनपछि बीएनपीको नेतृत्व तारिक रहमानले गरिरहेका छन् र उनलाई पार्टी अध्यक्ष बनाउने तयारी छ।
ढाका । बङ्गलादेशमा फ्रेब्रुअरी १२ मा आम निर्वाचन हुँदैछ । निर्वाचन अघिका जनमत सर्वेक्षणहरूले बीएनपी अर्थात् बङ्गलादेश नेशनलिष्ट पार्टी अगाडि रहेको देखाइरहेका छन् । गैरसरकारी संस्था एमिनेन्स एसोसियट्स फर सोसल डेभलपमेन्ट (ईएएसडी)ले गरेको सर्वेक्षणमा ७० प्रतिशत सहभागीले बीएनपीलाई मत दिने बताएका छन् ।
अर्को १९ प्रतिशतले भने जमात–ए–इस्लामीलाई मत दिने भनेका छन् । सर्वेक्षण सन् २०२५ को डिसेम्बर २० देखि २०२६ को जनवरी १ को बिचमा भएको थियो । सर्वेक्षणमा एउटा प्रश्न आगामी सरकार कसले बनाउला भन्ने थियो । सहभागीमध्ये ७७ प्रतिशतले बीएनपीले बनाउँछ भन्ने जवाफ दिए ।
१७ प्रतिशतले जमान–ए–इस्लामी र १ प्रतिशतले मात्रै नेशनल सिटिजन्स पार्टी (एनसीपी) भनेका छन् । एनसीपी गएको वर्ष तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार विरुद्ध भएको विद्यार्थी आन्दोलनपछि बनेको पार्टी हो ।
पार्टीकी अध्यक्ष खालिदा जियाको निधनपछि बीएनपीको नेतृत्व जियाका छोरा तारिक रहमानले गरिरहेका छन् । यतिबेला बीएनपीको प्राथमिकता पार्टी नेतृत्वलाई औपचारिक रूप दिनु रहेको छ ।
पार्टीका कार्यवाहक नेता रहमानलाई छिटै आधिकारिक रूपमा पार्टी अध्यक्ष बनाउने तयारी भइरहेको छ । एक दुई दिनभित्रै यो निर्णय हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण