बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपाबाट सात प्रदेशमा को–को भए राष्ट्रिय सभामा उम्मेदवार ?

बुधबार, २३ पुस २०८२, १२ : २५
बुधबार, २३ पुस २०८२

सारांश

  • नेकपाले कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि छुट्टै उम्मेदवार खडा गरेको छ।
  • नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिने निर्णय गरेको छ, जसले चार सिटको दाबी गरेको थियो।
  • कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, र मधेस प्रदेशमा उम्मेदवारहरूको नाम टुंगो लागेको छ।

काठमाडौँ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवार खडा गरेको छ ।  कम्तीमा चार सिट दाबी गरेपनि भाग नपाएपछि नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो । 

नेकपा स्रोतका अनुसार कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् ।

लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ ।

यस्तै कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा  र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।  

सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ । बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल  र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको छ । 

यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामा र अर्का एक जनाको नाम टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप