डा. रामजी रामले लिए समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उनले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्दसूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरिएको उनले बताए ।
उनले अल्पसङ्ख्यकको आवाज ,दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहने समेत बताए ।
उनले दलित क्लष्टरबाट उम्मेदवारी दिएका थिए ।
संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराख्ने उनले बताए । रास्वपाको समानुपातिक बन्दसूचीलाई लिएर तीव्र असन्तुष्टि बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण